प्रधानमन्त्रीलाई विश्वासको मत नदिने जसपाको निर्णय

काठमाडाैं | असार २७, २०८१

प्रधानमन्त्रीलाई विश्वासको मत नदिने जसपाको निर्णय

काठमाडौं:   अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने भएको छ।


सिंहदरबारमा बिहीबार बसेको जसपा संसदीय दलको बैठकले प्रधानमन्त्री दाहालको विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रमुख सचेतक वीरेन्द्रप्रसाद महतोले जानकारी दिए। उपेन्द्र यादव नेतृत्वको जसपा, नेपालबाट विभाजन भएर बनेको जसपाका प्रतिनिधि सभामा सात सांसद छन्।


प्रधानमन्त्री दाहालले असार २८ गते प्रतिनिधि सभामा विश्वासको मत सम्बन्धी प्रस्ताव प्रस्तुत गर्दै छन्। नेपाली कांग्रेस र नेकपा (एमाले)ले यसअघि नै विश्वासको मतको विपक्षमा मत दिन आफ्ना सांसदलाई ह्वीप जारी गरिसकेका छन्।


जसपाले नयाँ गठबन्धनलाई सघाउने भएको छ। आफ्नो पार्टीले कांग्रेस(एमाले लगायतको सहमति अनुसार बन्न लागेको नयाँ सरकारलाई सहयोग गर्ने निर्णय गरेको जसपाका सांसद प्रदीप यादवले जानकारी दिए।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।   चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...

थप पढ्नुहोस्

फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ।   तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो।   ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...

थप पढ्नुहोस्

पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ ।   पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

थप पढ्नुहोस्